FLASH NEWS

अत्यधिक चिसो बढेपछि वेदकोटका सबै विद्यालय दुई साताको लागि बन्द

  • टोलटोलको खबर
  • शिक्षा
  • प्रकाशित मिति:
  • २०७९ पौष १७, आईतबार (३ साल अघि)
  • ४०५

    Shares

अत्यधिक चिसो बढेपछि वेदकोटका सबै विद्यालय दुई साताको लागि बन्द

अत्यधिक चिसो बढेपछि कञ्चनपुरको वेदकोट नगरपालिका भित्रका सबै विद्यालयहरू दुई साताको लागि बन्द गरिएको छ ।

वेदकोट नगरपालिका अन्तर्गतका विद्यालयहरूका प्रधानाध्यापकहरूको माग अनुसार पुस १७ देखि माघ २ गतेसम्मका लागि विद्यालय बन्द गरिएको वेदकोट नगरपालिकाले जनाएको छ ।

चिसो अत्यधिक बढेका कारण विद्यार्थीहरूलाई विद्यालय आवागमन गर्न र पठनपाठनमा समेत वाधा पर्न गएपछि प्रधानाध्यापकहरूले भेला गरी नगरपालिकालाई विद्यालय बन्दको माग गरेको सोही माग बमोजिम नगरपालिकाकाले यस वर्षको बाँकी बिदाबाट कटौती हुने गरी हिउँदे बिदा दिइएको शिक्षा शाखाका शाखा अधिकृत मञ्जु थापाले जानकारी दिनुभयो ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस