FLASH NEWS

आज टीकाको दोस्रो दिन पनि मान्यजनबाट टीका र आशीर्वाद थाप्ने क्रम जारी

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ कार्तिक ६, बिहिबार (१ घण्टा अघि)
  • १९

    Shares

आज टीकाको दोस्रो दिन पनि मान्यजनबाट टीका र आशीर्वाद थाप्ने क्रम जारी

काठमाडौँ :  बडादसैँअन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाएर आशीर्वाद लिने क्रम जारी छ।

विजयादशमीका दिन आफ्नै घरपरिवारका सदस्यबाट टीका र जमरा लगाएकाहरू दोस्रो दिन टाढा रहेका आफन्त तथा मान्यजनकहाँ पुगेर आशीर्वाद ग्रहण गर्ने गर्दछन्। मान्यजन टाढा रहेका व्यक्तिहरू भने आजदेखि कोजाग्रत पूर्णिमासम्म नै टीका लगाउन र आशीर्वाद लिन जाने परम्परा छ।

नेपालका कतिपय स्थानमा विजयादशमीका दिन मात्रै टीका लगाउने चलन रहे पनि अधिकांश स्थानमा भने विजयादशमीदेखि सुरु भएको टीका लगाउने क्रम कोजाग्रत पूर्णिमासम्म निरन्तर चल्ने गर्दछ।

नवदुर्गा भवानीको प्रसादस्वरूप लगाइने दसैँको टीका र जमरा कोजाग्रत पूर्णिमासम्म ग्रहण गर्न सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस