२३
Shares
काठमाडौं : देशभर मनसुनी वायुको प्रभावका कारण अधिकांश स्थानमा बादल लागेको छ भने गण्डकी, लुम्बिनी र सुदूरपश्चिमलगायत प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।



आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा अन्य प्रदेशका पहाडी–हिमाली भूभागमा चट्याङसहित वर्षाको सम्भावना छ। सुदूरपश्चिमका केही स्थान तथा गण्डकी, लुम्बिनी र कर्णालीका पहाडी–हिमाली भूभागमा भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
लुम्बिनी र सुदूरपश्चिमका केही तराई क्षेत्रमा हावाहुरीसहित वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। राति पनि पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना रहेको छ।






