१६०
Shares ६ भदौ , धादिङ : धादिङको बेनिघाट रोराङ गाउपालिका ३ मा डेङी सङ्क्रमण रोकथाम तथा न्यूनिकरण सम्बन्धी अभिभुखिकरण कार्यक्रम भएको छ।
बुधबार ३ नम्बर वडाका वडा अध्यक्ष भुवन त्रिपाठीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा डेङी सङ्क्रमण रोकथाम तथा न्यूनिकरण कसरी गर्न सकिन्छ ,लामखुट्टेको वासस्थानलाई कसरी हटाउने जस्ता विषयमा छलफल भएको स्वास्थ्य कार्यलयका धादिङका प्रमुख विभु कुमार झाले जानकारी दिनु भयो।
उक्त पालिकामा यस आर्थिक वर्षमा १९ जनामा डेङी सङ्क्रमण देखा परिसकेकोले यस कार्यक्रम लाई प्रत्येक हप्ता सन्चालन गर्ने वडा अध्यक्ष भुवन त्रिपाठीले प्रतिवद्धता जनाउनु भएको छ।
मलेखुमा भएको डेङी सङ्क्रमण रोकथाम तथा न्यूनिकरण सम्बन्धी अभिभुखिकरण कार्यक्रममा बेनिघाट रोराङ गाउँपालिकाका उपाध्यक्ष ताप बहादुर श्रेष्ठको प्रमुख आतिथ्यता तथा स्वास्थ्य कार्यलयका धादिङका प्रमुख विभु कुमार झा को विषेश आतिथ्यता रहेको थियो भने स्वास्थ्यकर्मी , शिक्षक , विद्यार्थी ,नेपाल प्रहरी , ट्राफिक प्रहरी ,स्थानीय लगायतको सहभागिता रहेको स्वास्थ्य कार्यलयका धादिङका सुचना अधिकारि तोयानाथ छत्कुलीले जानकारी दिनु भयो।