FLASH NEWS

पश्चिमी वायुको आंशिक प्रभाव, पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ मंसिर १, मंगलबार (३ घण्टा अघि)
  • ३४

    Shares

पश्चिमी वायुको आंशिक प्रभाव, पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मंगलबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ।

देशका अधिकांश भूभागको मौसम मुख्यतया सफा रहे पनि तराईका केही स्थानमा तुवाँलो लागेको छ।

मंगलबार दिउँसो कोशी प्रदेशका हिमाली तथा पहाडी भूभाग र गण्डकी प्रदेशको हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

त्यस्तै, राति कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा पनि हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस