FLASH NEWS

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ कार्तिक ७, शुक्रबार (२ घण्टा अघि)
  • १३

    Shares

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

काठमाडौं : चीनको तिब्बत स्वायत्त क्षेत्रमा बिहीबार साँझ गएको ७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्।

चीनका सरकारी सञ्चारमाध्यमका अनुसार तिब्बतको उत्तरी क्षेत्रमा पर्ने नाग्कु सहरमा भूकम्पका कारण ३०० भन्दा बढी घरमा क्षति पुगेको छ। नाग्कु सञ्चार कार्यालयले सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै कम्तीमा ३३९ वटा घर पूर्ण रूपमा ध्वस्त भएको जनाएको छ।

भूकम्पपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य तीव्र पारिएको छ। घाइतेमध्ये ११ जनाको अवस्था गम्भीर रहेको छ भने बाँकी २१ जनालाई सामान्य चोटपटक लागेको सञ्चार कार्यालयले जनाएको छ।

भूकम्पबाट विस्थापित भएका नागरिकलाई आश्रय दिन प्रहरी र अग्नि नियन्त्रण विभागका उद्धार टोलीले अस्थायी पाल निर्माण गरिरहेका छन्।

चीनको सरकारी प्रसारण संस्था सीसीटीभीका अनुसार यस क्षेत्रमा गएको पछिल्लो भूकम्प पाँच वर्षयताकै सबैभन्दा शक्तिशाली हो।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस