FLASH NEWS

भारी वर्षाको सम्भावनापछि पृथ्वी राजमार्ग बन्द रहने

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ आश्विन ९, शुक्रबार (१ दिन अघि)
  • ४७

    Shares

भारी वर्षाको सम्भावनापछि पृथ्वी राजमार्ग बन्द रहने

धादिङ :  लगातारको वर्षाका कारण धादिङ जिल्ला तथा आसपासका क्षेत्रमा बाढी, पहिरो तथा सडक अवरुद्ध हुने जोखिम बढेपछि पृथ्वी राजमार्ग बन्द रहने भएको छ।

जिल्ला प्रशासन कार्यालय धादिङले जारी गरेको सूचनाअनुसार पछिल्ला दुई दिनदेखि धादिङलगायत आसपासका क्षेत्रमा वर्षा भइरहेको र आगामी दिनमा समेत भारी वर्षा हुन सक्ने पूर्वानुमान रहेको छ। नेपाल मौसम विज्ञान विभागले समेत भारी वर्षाका कारण विपद्को जोखिम उत्पन्न हुन सक्ने अवस्था रहेको जनाएको सूचनामा उल्लेख छ।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै यात्रु तथा सवारीसाधनको सुरक्षाका लागि पृथ्वी राजमार्गमा आवागमन पूर्ण रूपमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। अवस्था सामान्य नभएसम्म राजमार्गमा सवारीसाधन सञ्चालन नगर्न सम्बन्धित सबैलाई आग्रह गरिएको छ।

जिल्ला प्रशासन कार्यालयले आवश्यक सहयोग, समन्वय तथा सहजीकरणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, जिल्ला आपत्कालीन सञ्चालन केन्द्र (DEOC), जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन बेस आदमघाटसँग सम्पर्क गर्न आग्रह गरेको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस