





















१९
Shares
काठमाडौँ : विजयादशमीका दिन टीका थाप्न नभ्याएका आफन्त तथा छोरीचेलीका लागि आज पनि दसैँको टीका लगाउने क्रम जारी रहेको छ।



नेपाली समाजका कतिपय स्थानमा एकादशीदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका, जमरा तथा आशीर्वाद थाप्ने परम्परा रहिआएको छ।
दसैँको मुख्य दिन घर पुग्न नसकेका छोरीचेली, आफन्त तथा टाढा रहेका परिवारका सदस्यहरू यस अवधिमा टीका थाप्न आउने गर्छन्। त्यसैले विजयादशमी सकिएपछि पनि घरघरमा टीका लगाउने, मान्यजनबाट आशीर्वाद लिने तथा आफन्तसँग भेटघाट र सुखदुःख साटासाट गर्ने क्रम जारी रहने गरेको छ।







