FLASH NEWS

बाढी प्रभावितका लागि विशेष पुनर्स्थापना प्याकेज माग

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ आश्विन १९, सोमबार (१ घण्टा अघि)
  • ३५

    Shares

बाढी प्रभावितका लागि विशेष पुनर्स्थापना प्याकेज माग

धादिङ : भोटेकोसी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नागरिकको पुनर्स्थापना तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि सरकारले विशेष प्याकेज ल्याउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।
बेनीघाट रोराङ गाउँपालिका, इन्सेक र डिसिए नेपालको सहकार्यमा असोज १८ गते आयोजित छलफलमा सहभागीहरूले तत्कालीन राहतसँगै दीर्घकालीन पुनर्स्थापना र पुनर्निर्माणलाई प्राथमिकता दिन सरकारसँग आग्रह गरेका हुन्।
गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलियाले बाढीबाट निजी घर तथा सम्पत्तिबाहेक ८० करोड रुपैयाँभन्दा बढीको क्षति भएको जानकारी दिनुभयो। उहाँले घरबारविहीन तथा परिवारका सदस्य गुमाएका प्रभावितका लागि जीविकोपार्जनसँग जोडिएको विशेष प्याकेज ल्याउने तयारी भइरहेको बताउनुभयो।
बाढीबाट क्षतिग्रस्त विद्यालय, खानेपानी आयोजना, सडक तथा पुललगायत संरचनाको पुनर्निर्माण तत्काल अघि बढाउनुपर्ने सहभागीहरूको भनाइ थियो। प्रभावित विद्यार्थीलाई आवाससहित निःशुल्क शिक्षाका लागि सहयोग गर्ने तयारीसमेत भइरहेको अध्यक्ष थपलियाले जानकारी दिनुभयो।
इन्सेक बागमती प्रदेश संयोजक शिव खकुरेलले राहतसँगै पुनर्स्थापना र पुनर्निर्माणलाई तीव्रता दिन तथा बेपत्ता व्यक्तिका परिवारलाई समेत राहत र पुनर्स्थापनाका कार्यक्रममा समेट्न आग्रह गर्नुभयो।


सहभागीहरूले प्रभावित परिवारको दीर्घकालीन जीविकोपार्जन, शिक्षा, स्वास्थ्य, खानेपानी र आवास सुनिश्चित गर्न तीनै तहका सरकार तथा सहयोगी संस्थाबीच प्रभावकारी समन्वय र स्पष्ट कार्ययोजना आवश्यक रहेको बताएका छन्।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस