





















३०
Shares
पोखरा : सहारा क्लब पोखराले आयोजना गर्दै आएको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण आगामी माघ ५ गतेदेखि १६ गतेसम्म सञ्चालन हुने भएको छ। आयोजक सहारा क्लब पोखराले विज्ञप्ति जारी गर्दै प्रतियोगिताको मिति सार्वजनिक गरेको हो।



“खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरको रूपमा स्थापित गरौँ” भन्ने मूल नारासहित २६ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको प्रतियोगिता यस वर्ष पनि सञ्चालन हुन लागेको हो।
हिम श्री फुड्स प्रा.लि.को उत्पादन ‘आहा रारा’ तयारी चाउचाउको मुख्य प्रायोजन तथा पोखरा महानगरपालिकाको संरक्षकत्वमा प्रतियोगिता आयोजना गर्न लागिएको क्लबले जनाएको छ।
पोखरामा फुटबलको विकास गर्ने, खेलकुदको प्रवर्द्धन गर्ने तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा नेपाली फुटबलको पहिचान अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना हुँदै आएको आयोजकले जनाएको छ।







