





















२२
Shares
काठमाडौं : नेपालीको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु हुँदैछ। तिहारको पहिलो दिन मधेसको महोत्तरीसहित प्राचीन मिथिला क्षेत्रमा साँझ दीपमालिका गरी धनतेरस मनाउने परम्परा रहेको छ।



कात्तिक कृष्णपक्षको त्रयोदशीदेखि कात्तिक शुक्लपक्षको द्वितीयासम्म पाँच दिन मनाइने तिहार यस वर्ष तिथिको घटबढका कारण छ दिनको हुने भएको छ।
मिथिला परम्पराअनुसार धनतेरसका दिन नयाँ धातुका भाँडाकुँडा, गरगहना, खरेटो तथा धनियाँ किनेर लक्ष्मीको पूजा गर्ने चलन छ। आज बिहान ११ बजेर १० मिनेटपछि त्रयोदशी तिथि सुरु भई शनिबार बिहान १० बजेर ४७ मिनेटसम्म रहने मैथिल कर्मकाण्डका ज्ञाता महेशकुमार झाले जानकारी दिएका छन्।
यस वर्ष शनिबार कागपूजा र धन्वन्तरी जयन्ती, आइतबार कुकुर पूजा तथा साँझ लक्ष्मीपूजा गरिनेछ। मैथिल परम्पराअनुसार आगामी बुधबार भैयादूज मनाएसँगै तिहार सम्पन्न हुनेछ।







