FLASH NEWS

मच्छिन्द्र बहुमुखी क्याम्पसमा लोक नृत्य प्रतियोगिता सम्पन्न , डियर वाक धादिङ स्कुल प्रथम

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ आश्विन २२, बिहिबार (७ घण्टा अघि)
  • ३६

    Shares

मच्छिन्द्र बहुमुखी क्याम्पसमा लोक नृत्य प्रतियोगिता सम्पन्न , डियर वाक धादिङ स्कुल प्रथम

धादिङ : धुनिबेशी नगरपालिका–७, खानीखोलास्थित मच्छिन्द्र बहुमुखी क्याम्पसमा वडा दशैं, तिहार, नेपाल संवत् तथा छठ पर्वको अवसरमा आयोजित लोक नृत्य प्रतियोगिता सम्पन्न भएको छ।
क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष माधव प्रसाद सिलवालको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरूले नेपाली मौलिक कला, संस्कृति तथा लोक परम्परा झल्काउने आकर्षक नृत्य प्रस्तुत गरेका थिए।
प्रतियोगितामा डियर वाक धादिङ स्कुल प्रथम, मच्छिन्द्र माध्यमिक विद्यालय, खानीखोला दोस्रो, ज्योति माध्यमिक विद्यालय, थाक्रे–९ तेस्रो र महाङ्कालेश्वरी माध्यमिक विद्यालय, थाक्रे–८, फोगटपुर चौथो भएका छन्। विजेता विद्यालय तथा सहभागीहरूलाई नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गरिएको थियो।
कार्यक्रमले विद्यार्थीमा रहेको प्रतिभा प्रस्फुटन गराउनुका साथै नेपाली लोककला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएको छ।
क्याम्पस प्रमुख सिताराम कोइरालाले आगामी दिनमा पनि यस्ता रचनात्मक तथा सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो।
सहायक क्याम्पस प्रमुख शेखर कार्कीले सञ्चालन गर्नुभएको कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, विद्यार्थी, अभिभावक, शिक्षक–शिक्षिका लगायतको उपस्थिति रहेको थियो।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस