FLASH NEWS

ओलीद्वारा मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ कार्तिक १२, बुधबार (७ घण्टा अघि)
  • ३१

    Shares

ओलीद्वारा मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको स्मारिका लोकार्पण गरेका छन्।

मोरङको उर्लाबारीस्थित प्रतिष्ठानले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले स्मारिका लोकार्पण गरेका हुन्।

३६८ पृष्ठको उक्त स्मारिकामा नेपालको शैक्षिक विकास, शिक्षाक्षेत्रका समस्या र समाधान, प्राविधिक तथा व्यावसायिक शिक्षालगायत विषय समेटिएका छन्। साथै स्मारिकामा प्रतिष्ठानका गतिविधि र विभिन्न स्मरणीय विषयवस्तु पनि समावेश गरिएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस