FLASH NEWS

आज संघीय संसदको बर्खे अधिवेशनको अन्तिम बैठक बस्दै

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ आश्विन १६, शुक्रबार (१२ मिनेट अघि)
  • १६

    Shares

आज संघीय संसदको बर्खे अधिवेशनको अन्तिम बैठक बस्दै

काठमाडौं : संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्नेछ।

प्रतिनिधिसभामा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आठौँ वार्षिक प्रतिवेदन, २०८३ पेस हुनुका साथै विभिन्न विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव प्रस्तुत हुनेछन्। संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक तथा सुविधासम्बन्धी संशोधन विधेयक पारित गर्ने कार्यसूची पनि छ।

राष्ट्रियसभामा सम्बन्धित मन्त्रीले मौखिक तथा लिखित प्रश्नको जवाफ दिने, आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने तथा आन्तरिक वायु सेवाको दायित्वसम्बन्धी विधेयक पारित गर्ने कार्यक्रम छ।

यसैबीच, राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा शुक्रबार मध्यरातदेखि संसद्को चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेका छन्।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस