





















४५
Shares
धादिङ: धादिङको धुनिवेशी नगरपालिकामा १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ।



नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यको अध्यक्षतामा भएको उद्घाटन समारोहमा जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङको विशेष आतिथ्यता रहेको थियो। कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति थियो।
धुनिवेशी खेल मैदानमा सुरु भएको प्रतियोगितामा नगरपालिकाभित्रका २१ माध्यमिक विद्यालयका करिब ८ सय विद्यार्थी खेलाडी सहभागी हुने भएका छन्।
प्रतियोगितामा ५४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा प्रथम हुने विद्यालयले ३० हजार, द्वितीय हुनेले २० हजार र सान्त्वना हुने विद्यालयले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
गत वर्ष सम्पन्न १५औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भुवनेश्वरी माध्यमिक विद्यालय च्याम्पियन बनेको थियो।








