

२१
Shares
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्दसत्र आजदेखि सुरु हुँदै छ। बन्दसत्र आज र भोलि दुई दिन सञ्चालन हुनेछ।



बन्दसत्रमा पार्टी सभापति गगन थापाले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन्। यस्तै, महामन्त्रीले विधान संशोधनसम्बन्धी प्रतिवेदन र कोषाध्यक्षले आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको छ।
बन्दसत्रमा प्रस्तुत हुने प्रतिवेदनमाथि छलफल गर्न त्यसअघि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक खुलामञ्चमै बस्नेछ।
यसैबीच, आज मतदाता नामावलीसमेत प्रकाशन हुँदै छ। निर्वाचन समितिका अनुसार साँझ ५ बजे मतदाता नामावली प्रकाशन हुनेछ। त्यसपछि साँझ ५ बजेदेखि साढे ६ बजेसम्म नामावलीमाथि दाबी–विरोधका लागि समय तोकिएको छ।
दाबी–विरोधमाथि जाँचबुझका लागि साँझ साढे ६ बजेदेखि साढे ७ बजेसम्मको समय छुट्याइएको छ। मतदाताको अन्तिम नामावली भने राति साढे ८ बजे प्रकाशन गरिने कांग्रेस निर्वाचन समितिले जनाएको छ।
मंगलबार बिहान उम्मेदवारी मनोनयन दर्ताका लागि समय तोकिएको छ। मतदान भने बुधबार बिहानदेखि हुने नेपाली कांग्रेसले जनाएको छ।






