FLASH NEWS

आज महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरिँदै

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ कार्तिक ४, मंगलबार (८ घण्टा अघि)
  • २६

    Shares

आज महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरिँदै

 काठमाडौं : नेपाली हिन्दू धर्मावलम्बीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज महानवमी पर्व देशभर नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदैछ।

महानवमीका दिन घटस्थापनामा राखिएको जमरा विभिन्न शक्तिपीठमा चढाउने परम्परा छ। यस दिन दशैँघर, कोत तथा देवी मन्दिरहरूमा दुर्गा भवानीको विशेष पूजा, दुर्गा सप्तशती (चण्डी) पाठ तथा बलि दिने चलन रहेको छ।

पशुबलि नदिने तथा शाकाहारीहरूले कुभिण्डो, घिरौँला, मूला, काँक्रो र नरिवललगायतका वस्तु चढाएर पूजा गर्ने गर्छन्।

धार्मिक मान्यताअनुसार महानवमीका दिन नवदुर्गामध्येकी नवौँ देवी सिद्धिदात्रीको विधिपूर्वक पूजा गरिन्छ। यस अवसरमा कन्यालाई दुर्गाको प्रतीक मानेर पूजा गरी दक्षिणासमेत दिने परम्परा छ।

महानवमीका अवसरमा विभिन्न शक्तिपीठमा दर्शनार्थीको भीड लाग्ने गर्दछ। साथै, हनुमानढोका दरबारलगायत नेपाली सेनाका ब्यारेक तथा गुल्महरूमा बाजागाजासहित कोतपूजा र निशानापूजा गर्ने परम्परा रहेको छ।

महानवमीसँगै बडादसैँको धार्मिक र सांस्कृतिक महत्त्व अझ बढ्ने गर्दछ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस