FLASH NEWS

थाक्रे ७ मा घरेलु हिंसा र मादक पदार्थ सेवनविरुद्ध  सचेतनामूलक कार्यक्रम सम्पन्न 

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ आश्विन ४, आईतबार (१ महिना अघि)
  • १५६

    Shares

थाक्रे ७ मा घरेलु हिंसा र मादक पदार्थ सेवनविरुद्ध  सचेतनामूलक कार्यक्रम सम्पन्न 

थाक्रे: थाक्रे गाउँपालिका–७, स्वारामा चेपाङ समुदायलाई लक्षित गरी घरेलु हिंसा तथा मादक पदार्थ सेवनविरुद्ध एकदिने अभिमुखीकरण तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

आइतबार थाक्रे गाउँपालिका किशोरी सञ्जालको आयोजनामा  आयोजित कार्यक्रममा स्थानीय चेपाङ समुदायका प्रतिनिधि, प्रहरी, शिक्षक, विद्यालय तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिसहित ३२ जनाको सहभागिता रहेको थियो।

कार्यक्रममा बालबालिका तथा किशोरीको सुरक्षा र अधिकार, घरेलु हिंसाका कारण तथा त्यसबाट परिवार र समाजमा पर्ने असर, साथै मादक पदार्थ सेवनका कारण उत्पन्न हुने सामाजिक तथा पारिवारिक समस्याका विषयमा जानकारी गराइएको थियो।
कार्यक्रमका सहभागीहरूलाई घरेलु हिंसा न्यूनीकरण, बालबालिका तथा किशोरीको अधिकार संरक्षण र मादक पदार्थ सेवनविरुद्ध समुदायस्तरबाट सचेतना फैलाउनुपर्ने विषयमा समेत अभिमुखीकरण गरिएको थियो।
चेपाङ समुदायमा सचेतना अभिवृद्धि गर्दै हिंसामुक्त तथा सुरक्षित समुदाय निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
कार्यक्रम सफल बनाउन ICDC Nepal ले आर्थिक सहयोग प्रदान गरेको थियो।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस