FLASH NEWS

आज बडादसैँको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा–आराधना गरिँदै

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ आश्विन २६, सोमबार (२ घण्टा अघि)
  • १३

    Shares

आज बडादसैँको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा–आराधना गरिँदै
बडादसैँअन्तर्गत शारदीय नवरात्रको दोस्रो दिन आज आश्विन शुक्ल द्वितीयाका अवसरमा नवदुर्गा भवानीको दोस्रो स्वरूप ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजा तथा आराधना गरिँदै छ।
शास्त्रअनुसार ‘ब्रह्म’को अर्थ तपस्या भएकाले ब्रह्मचारिणी देवीलाई तप, त्याग, संयम र ब्रह्मचर्यकी प्रतीकका रूपमा लिइन्छ। उहाँको पूजा–आराधना गर्नाले साधकमा धैर्य, आत्मबल र संयमको विकास हुने धार्मिक विश्वास छ।
ब्रह्मचारिणी देवीको शिरमा अर्धचन्द्र तथा शरीरमा विभिन्न आभूषण सुशोभित छन्। उहाँको दाहिने हातमा जपमाला र बायाँ हातमा कमण्डलु रहेको धार्मिक मान्यता छ।
हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस