FLASH NEWS

विपद् प्रभावितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयोग

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ भाद्र २८, आईतबार (१५ मिनेट अघि)
  • १६

    Shares

विपद् प्रभावितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयोग

धादिङ : विपद् प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले धुनिबेँसी नगरपालिका–७ मा रहेको नक्षत्र बचत तथा ऋण सहकारी संस्था लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ।
संस्थाले उक्त रकम बराबरको चेकमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको हो। गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको अवस्थामा पीडितको राहत तथा पुनःस्थापनामा सहयोग पुग्ने अपेक्षासहित उक्त रकम प्रदान गरिएको सहकारीले जनाएको छ।
सामाजिक उत्तरदायित्वअन्तर्गत विपद् प्रभावितको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको सहकारीका कोषाध्यक्ष रघुनाथ पाठकले टोलटोलको खबर डटकमलाई बताउनुभयो।
सहकारीले सामाजिक उत्तरदायित्वअन्तर्गत यसअघि पनि विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको जनाएको छ। गत जेठमा संस्थाले मच्छिन्द्र माध्यमिक विद्यालयलाई ७५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको थियो।
सहकारीले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, विपद् तथा अन्य सामाजिक क्षेत्रमा सहयोगलाई निरन्तरता दिने जनाएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस