FLASH NEWS

धुनिवेशीमा पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयन सम्बन्धी अन्तरक्रिया सम्पन्न

  • टोलटोलको खबर
  • कृषि
  • प्रकाशित मिति:
  • २०८३ आश्विन ७, बुधबार (१ घण्टा अघि)
  • ४८

    Shares

धुनिवेशीमा पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयन सम्बन्धी अन्तरक्रिया सम्पन्न

धादिङ: धुनिवेशी नगरपालिकामा पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ को प्रभावकारी कार्यान्वयन र स्वच्छ मासु उत्पादन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। धुनिवेशी नगरपालिकाको आयोजना तथा पशु सेवा कार्यालय, धादिङको समन्वयमा नगरपालिकाको सभा हलमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो।


कार्यक्रममा बजारमा स्वच्छ तथा गुणस्तरीय मासुको आपूर्ति सुनिश्चित गर्ने, वधशालाको व्यवस्थित सञ्चालन तथा व्यवस्थापन गर्ने र उपभोक्ताको स्वास्थ्य सुरक्षा कायम राख्ने विषयमा सरोकारवालाहरूबीच व्यापक छलफल तथा अन्तरक्रिया भएको थियो।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण पशु सेवा विभागका वरिष्ठ पशु विकास अधिकृत डा. नवराज श्रेष्ठले गर्नुभएको थियो।
कार्यक्रममा मन्तव्य राख्दै पशु सेवा कार्यालय, धादिङका प्रमुख डा. बल्लु ठाकुर र धुनिवेशी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष रमेश आचार्यले ऐनको पालना गर्दै मासु व्यवसायलाई मर्यादित, व्यवस्थित र स्वास्थ्यमैत्री बनाउनुपर्नेमा जोड दिनुभयो।
धुनिवेशी नगरपालिकाका पशु शाखा प्रमुख डा. सुरज भण्डारीले सञ्चालन गर्नुभएको उक्त अन्तरक्रिया कार्यक्रममा स्थानीय जनप्रतिनिधि, पशु सेवा क्षेत्रका प्राविधिक, मासु व्यवसायी तथा सम्बन्धित सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस