

२२
Shares
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले आफूसँग जोडिएको आर्थिक अनियमितता वा गैरकानुनी गतिविधिको प्रमाण भए पक्राउ गरेर देखाउन नेपाल प्रहरीलाई चुनौती दिएका छन्।
बुधबार सिंहदरबारमा बसेको निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको पोशाक खरिदसम्बन्धी अध्ययन उपसमितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सुनारले आफूसँग जोडिएका गैरकानुनी काम, आर्थिक अनियमितता वा अपराधबारे निष्पक्ष छानबिन गरी प्रमाण सार्वजनिक गर्न चुनौती दिएका हुन्।
उनले आफू कुनै पनि छानबिनबाट नभाग्ने र कानुनी प्रक्रियाको सामना गर्न तयार रहेको बताए। अनुसन्धानका नाममा व्यक्तिलाई धम्क्याउने, निजी नम्बरबाट फोन गरेर बोलाउने वा दबाब दिने काम भएको भए त्यसको समेत निष्पक्ष छानबिन हुनुपर्ने उनको भनाइ छ।
सुनारले आफूले कुनै गैरकानुनी काम गरेको प्रमाण भए सम्बन्धित निकायले सार्वजनिक गर्नुपर्ने बताए।
उनले भने, ‘मेरो चुनौती सीआईबीलाई पनि छ । यदि मसँग जोडिएका विषयमा कुनै गैरकानुनी काम, आर्थिक अनियमितता वा अपराधको प्रमाण छ भने निष्पक्ष रूपमा छानबिन गरेर सार्वजनिक गरियोस् । म छानबिनबाट भाग्ने होइन, कानुनी प्रक्रियाको सामना गर्न तयार छु ।’









