FLASH NEWS

धादिङमा फुर्केखोलाको वैकल्पिक सडक आज पाँच घण्टा बन्द हुने

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ आश्विन १७, शनिबार (१ घण्टा अघि)
  • १२

    Shares

धादिङमा फुर्केखोलाको वैकल्पिक सडक आज पाँच घण्टा बन्द हुने

धादिङ :  पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी–२ फुर्केखोलाको पुल बगेपछि सञ्चालनमा ल्याइएको वैकल्पिक सडक आज पाँच घण्टा बन्द हुने भएको छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार परेवाटार–पिपलटार–आदमटार–बेलिनटार–मास्टार सडकखण्ड मर्मतसम्भारका लागि बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म सबै प्रकारका सवारीसाधनको आवागमन रोक लगाइनेछ।

गत भदौ १० गते बाढीका कारण फुर्केखोलाको पुल बगेपछि उक्त सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गरिँदै आएको छ।

सडक बन्द हुने समयमा धादिङबेँसी–सुनौलाबजार–भोर्ले–कोसीखोला–फोस्रेटार–कल्लेरीटारलगायत वैकल्पिक मार्ग प्रयोग गर्न प्रशासनले अनुरोध गरेको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस