FLASH NEWS

गल्छीका बाढी प्रभावित ६० परिवारलाई राहत सामग्री वितरण

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ आश्विन २५, आईतबार (१ घण्टा अघि)
  • २४

    Shares

गल्छीका बाढी प्रभावित ६० परिवारलाई राहत सामग्री वितरण

धादिङ :  गोनेसा कास्की, पोखराको सहयोग तथा चन्द्रज्योति एकीकृत ग्रामीण विकास समाज (सिड्स) नेपालको समन्वयमा धादिङको गल्छी गाउँपालिका–६, महेशदोभानका बाढी प्रभावित परिवारलाई राहत सामग्री वितरण गरिएको छ।

बाढीबाट प्रभावित ६० परिवारलाई डसना, सिरक, तन्ना, ब्ल्याङ्केट, तकिया तथा म्याट वितरण गरिएको हो। त्यसैगरी, प्रभावित क्षेत्रका ५२ जना बालबालिकालाई चिसोबाट जोगाउन न्यानो कपडासमेत वितरण गरिएको छ।

राहत वितरण कार्यक्रममा गोनेसा कास्कीका अध्यक्ष रामप्रसाद सुवेदी, सिड्स नेपालका कार्यकारी निर्देशक गोकर्ण रूपाखेती, सिड्स नेपालका सचिव दिलबहादुर रम्तेल तथा स्थानीय शिव भण्डारीको सक्रिय सहभागिता रहेको थियो।

विपद्बाट प्रभावित परिवारको तत्कालीन आवश्यकता पूरा गर्न तथा बालबालिकालाई चिसोबाट सुरक्षित राख्न राहत सामग्री वितरण गरिएको आयोजकले जनाएको छ। यस सहयोगले कठिन परिस्थितिमा रहेका प्रभावित परिवारलाई केही राहत पुग्ने अपेक्षा गरिएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस