FLASH NEWS

थाक्रेमा शान्ति, सुरक्षा तथा अपराध नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ आश्विन २०, मंगलबार (५९ मिनेट अघि)
  • १७

    Shares

थाक्रेमा शान्ति, सुरक्षा तथा अपराध नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम

धादिङ : थाक्रे गाउँपालिकामा शान्ति, सुरक्षा, अपराध नियन्त्रण तथा सरकारी सेवा प्रवाहसम्बन्धी सचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ।


जिल्ला प्रशासन कार्यालय धादिङको आयोजनामा तथा थाक्रे गाउँपालिकाको सहकार्यमा थाक्रे गाउँपालिकाको कार्यालयमा कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धादिङ र सशस्त्र प्रहरी बल नेपाल, गुल्म हे.क्वा. धादिङको समेत सहकार्य रहेको थियो।
कार्यक्रममार्फत स्थानीय नागरिकलाई शान्ति–सुरक्षा कायम गर्ने उपाय, अपराधको नियन्त्रण तथा रोकथाम, नागरिक सुरक्षा र सरकारी सेवा प्रवाहसम्बन्धी आवश्यक जानकारी तथा सचेतना प्रदान गरिएको थियो। गाउँपालिका क्षेत्रमा शान्ति–सुरक्षालाई थप मजबुत बनाउँदै नागरिक र सुरक्षा निकायबीचको समन्वय तथा सहकार्य प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाइएको छ।
थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला प्रशासन कार्यालय धादिङका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले अध्यक्षता गर्नुभएको थियो।
कार्यक्रममा थाक्रे गाउँपालिकाका उपाध्यक्ष यन्त्रबहादुर थापा, जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक प्रकाश दाहाल, सशस्त्र प्रहरी प्रमुख तुलबहादुर चौधरी, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलराम लम्साल, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, वडाध्यक्ष, वडा सचिव, शाखा प्रमुख तथा अन्य सरोकारवालाको उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागीहरूले स्थानीयस्तरमा शान्ति–सुरक्षा कायम गर्न नागरिक, स्थानीय सरकार तथा सुरक्षा निकायबीच निरन्तर समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस