




१७
Shares
काठमाडौं : देशमा हाल पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।



महाशाखाका अनुसार हाल हिमाली भूभागमा आंशिक बादल लागेको छ भने पहाडी र तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्ने र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ। हिमाली भूभागका साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
त्यस्तै, आज राति हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा पहाडी र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।






