FLASH NEWS

आज नवरात्रिको छैटौँ दिन, माता कात्यायनीको पूजा–आराधना गरिँदै

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ आश्विन ३०, शुक्रबार (१० घण्टा अघि)
  • ३६

    Shares

आज नवरात्रिको छैटौँ दिन, माता कात्यायनीको पूजा–आराधना गरिँदै

काठमाडौं : नेपालीहरूको महान् पर्व बडादशैँअन्तर्गत आज असोज ३० गते शुक्रबार नवरात्रिको छैटौँ दिन माता कात्यायनी देवीको विधिपूर्वक पूजा–आराधना गरिँदैछ। नवदुर्गाका छवटा स्वरूपमध्ये माता कात्यायनी छैटौँ स्वरूपका रूपमा पूजिन्छिन्।

धार्मिक मान्यताअनुसार माता कात्यायनीको श्रद्धा र भक्तिपूर्वक पूजा–आराधना गर्नाले भक्तजनले धर्म, अर्थ, काम र मोक्ष प्राप्त गर्ने विश्वास गरिन्छ। साथै, रोग, शोक, सन्ताप तथा भयबाट मुक्ति मिल्ने र जीवनमा सुख, शान्ति एवं समृद्धि प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ।

नवरात्रिका नौ दिनसम्म नवदुर्गाका विभिन्न स्वरूपको पूजा–आराधना गर्ने परम्पराअनुसार भक्तजनले आज माता कात्यायनीको पूजा गरी सुख, शान्ति र समृद्धिको कामना गर्ने गर्दछन्।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस