FLASH NEWS

मनसुनी र पश्चिमी वायुको आंशिक प्रभावः देशका केही स्थानमा वर्षाको सम्भावना

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ आश्विन १६, शुक्रबार (१२ मिनेट अघि)
  • ११

    Shares

मनसुनी र पश्चिमी वायुको आंशिक प्रभावः देशका केही स्थानमा वर्षाको सम्भावना

काठमाडौंः देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशभर आंशिक बदली रहेको छ भने बागमती प्रदेशको तराईका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ। कोशी र बागमतीका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा तथा अन्य पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ। तराईका केही स्थानमा पनि हल्का वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

आज राति कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकीका केही पहाडी तथा हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना छ। तराई क्षेत्रमा आंशिक बदलीसँगै बिहानीपख हुस्सु लाग्न सक्नेछ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस