FLASH NEWS

आगामी सातादेखि नेपालका धेरै क्षेत्रमा वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ कार्तिक ६, बिहिबार (१ घण्टा अघि)
  • १८

    Shares

आगामी सातादेखि नेपालका धेरै क्षेत्रमा वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

काठमाडौँ :  मौसमविद् विनोद पराजुलीले बंगालको खाडीबाट विकसित हुने न्यूनचापीय प्रणालीको प्रभावले आगामी सातादेखि नेपालका धेरै क्षेत्रमा वर्षा हुन सक्ने भन्दै सतर्क रहन आग्रह गरेका छन्।

पराजुलीका अनुसार हाल उपलब्ध विभिन्न मौसम पूर्वानुमान मोडेलले आगामी मंगलबारदेखि एक साताभन्दा बढी समयसम्म नेपालका धेरै क्षेत्रमा वर्षा हुन सक्ने संकेत देखाएका छन्। यस अवधिमा केही स्थानमा भारी वर्षासमेत हुन सक्ने सम्भावना रहेको उनले बताएका छन्।

उनले चारवटा मौसम पूर्वानुमान मोडेलको औसत चित्र सार्वजनिक गर्दै दसैँको टीका तथा आफन्तसँगको भेटघाटलाई निरन्तरता दिए पनि आगामी साताको सम्भावित वर्षालाई ध्यानमा राखेर योजना बनाउन सुझाव दिएका छन्।

यद्यपि, विभिन्न मौसम पूर्वानुमान मोडेलले वर्षा हुने स्थान र परिमाणबारे फरक–फरक संकेत देखाएकाले कुन क्षेत्रमा कति वर्षा हुन्छ भन्ने विषयमा अहिले नै यकिन गर्न कठिन रहेको पराजुलीले बताएका छन्।

मौसम पूर्वानुमानमा आगामी दिनमा परिवर्तन हुन सक्ने भएकाले नियमित रूपमा मौसमसम्बन्धी अद्यावधिक सूचना हेर्न र सम्भावित वर्षालाई ध्यानमा राखेर आवश्यक सतर्कता अपनाउन उनले आग्रह गरेका छन्।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस