FLASH NEWS

धुनिवेशीमा कांग्रेसको पालिका अधिवेशन असोज ७ गते, सभापति पदमा  सिलवालले उम्मेदवारी दिने घोषणा

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ आश्विन ६, मंगलबार (५० मिनेट अघि)
  • २५

    Shares

धुनिवेशीमा कांग्रेसको पालिका अधिवेशन असोज ७ गते, सभापति पदमा  सिलवालले उम्मेदवारी दिने घोषणा

धादिङ :  नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत धादिङमा हुने गाउँपालिका तथा नगरपालिका अधिवेशन असोज ७ गते हुने भएको छ। नेपाली कांग्रेस धादिङ जिल्ला कार्यसमितिले बाढी प्रभावित जिल्लाका लागि संशोधित कार्यतालिकाअनुसार वडा अधिवेशन असोज ५ गते, गाउँपालिका तथा नगरपालिका अधिवेशन असोज ७ गते गर्ने निर्णय गरेको हो।

यसैक्रममा धुनिवेशी नगरपालिकामा नेपाली कांग्रेस नगर कार्यसमितिको अधिवेशन पनि असोज ७ गते हुने भएको छ। अधिवेशनबाट नयाँ नगर कार्यसमिति चयन गरिनेछ।
धुनिवेशी नगर कार्यसमितिको सभापति पदका लागि माधवप्रसाद सिलवालले उम्मेदवारी घोषणा गर्नुभएको छ। सिलवाल धुनिवेशी नगरपालिका–९ का वर्तमान वडा अध्यक्षसमेत हुनुहुन्छ
उम्मेदवारी घोषणा गर्दै सिलवालले “अतीतबाट शिक्षा, वर्तमानमा सहकार्य र भविष्यका लागि नेतृत्व निर्माण” भन्ने अवधारणासहित पार्टी संगठनलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
उहाँले पार्टीभित्रको आपसी सहकार्य र एकतालाई प्राथमिकता दिँदै संगठनलाई स्थानीय तहसम्म थप व्यवस्थित र प्रभावकारी बनाउने विषयलाई आफ्नो अभियानको मुख्य आधारका रूपमा अघि सार्नुभएको छ। नयाँ पुस्तालाई संगठनमा जोड्दै अनुभव र ऊर्जाबीच समन्वय कायम गरेर अघि बढ्ने उहाँको प्रतिबद्धता रहेको छ।

धुनिवेशी नगरपालिकाको अधिवेशनलाई स्थानीय तहमा पार्टीको आगामी नेतृत्व चयन गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। अधिवेशनमा क्रियाशील सदस्य तथा सम्बन्धित प्रतिनिधिहरूको सहभागितामा नयाँ नगर नेतृत्व चयन हुने प्रक्रिया अघि बढ्नेछ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस