१४
Shares
थाक्रे: ज्योति माध्यमिक विद्यालयमा नतिजा प्रकाशन, पुरस्कार वितरण तथा स्वागत कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।



कार्यक्रममा प्रथम त्रैमासिक परीक्षाका साथै अतिरिक्त क्रियाकलापमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार प्रदान गर्दै उनीहरूको मेहनत, प्रतिभा र उत्कृष्टताको सम्मान गरिएको थियो। साथै, विद्यालयमा नवआगन्तुक विद्यार्थीहरूलाई आत्मीय स्वागत गर्दै उनीहरूको नयाँ शैक्षिक यात्राका लागि शुभकामना व्यक्त गरिएको थियो।
कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति तथा मनोरञ्जनात्मक कार्यक्रमहरू समेत प्रस्तुत गरेका थिए। विद्यार्थीहरूको कला, प्रतिभा र सिर्जनशील प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक र उत्साहपूर्ण बनाएको थियो।
विद्यार्थीहरूको उत्साह, शिक्षकहरूको समर्पण तथा अभिभावकहरूको साथ र सहभागिताले कार्यक्रमलाई थप विशेष बनाएको विद्यालयले जनाएको छ।






