FLASH NEWS


चरौदीमा पोषण सुधार केन्द्र स्थापना

  • टोलटोलको खबर
  • शिक्षा
  • प्रकाशित मिति:
  • २०८० जेष्ठ २३, मंगलबार (१ साल अघि)
  • ५९३

    Shares

चरौदीमा पोषण सुधार केन्द्र स्थापना

गजुरी, २३ जेठ ः    चेपाङ समुदायको बाहुल्य रहेको बेनीघाट रोराङ गाँउपालिकामा गरिवी, अशिक्षाका कारण कुपोषण विद्यमान नै रहेको छ । ५९ महिनासम्मका बालवलिकामा कुपोषण अन्त्य अर्थात शुन्यमा झार्न पोषण सुधार केन्द्र सञ्चालनमा ल्याएका छौ गाँउापलिका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक)ले बताउनु भयो । गरिवीका कारण आमाले पर्याप्त पोशिलो खानेकुरा नपाउदाँ वालवालिका कुपोषित भएकाछन् । आमालाई र वच्चालाई पोषणयुक्त खाना खुवाएर सुपोषित बनाउने उद्देश्यले पोषण सुधार केन्द्र सञ्चालनमा ल्याएका हौ । पोषण सुधार केन्द्र यस आर्थिक वर्षमा २० जनाको क्षमतामा सञ्चालन गर्छौ । हाम्रो पालिका बाहेकका वालवालिका पनि राख्ने योजना रहेको छ । यसरी गाँउमै सपोषण सुधार केन्द्र सञ्चालन गर्दा काठमाण्डौसम्म जान लाग्ने खर्चले यहि पोषण सुधार गर्न सकिने अध्यक्ष थपलियाले बताउनु भयो ।
पाँच वर्षमूनीकाको संख्या दुई सय आठ रहेको छ । शिघ्र केपोषणको भएका वालवालिका ५० को हाराहारीमा छ । मध्य कुपोषण भएको वालवालिकाको संख्या ७५ को वरिपरि रहेको छ भने सामान्य कुपोषण भएको वालवालिकाको संख्या दुई सय पचासको हाराहारीमा रहेको बेनीघाट रोराङ गाँउपालिका स्वास्थ्य शाखा प्रमुख शंकरबावु ढुवाडीले बताउनु भयो । कुषोषण भएका वालवालिकालाई लिटो पिठोको दिइरहेकाछौ । यस गाँउपालिकामा कुपोषण हुनुको कारणहरु धेरै छन् । जनसंख्याको ३८ प्रतिशत चेपाङ समुदायको संख्या छ । यस समुदायमा गरिवी, अशिक्षा, सचेतनामा कमी रहेको छ ।यी कारणले गर्दा बहुविवाह, वालविवाह गर्नेको संख्या धेरै छ र जन्मान्तरलाई ध्यान दिदैनन् । वालवालिकाको संख्या धेरै हुन्छ । पोषणयुक्त खाना खुवाउन सक्दैनन् । खानेपानी , सरसफाई राम्रो छैन । कृषि तथा पशुपक्षी उत्पादन निकै कमी छ । खानपान व्यवस्थापन छैन। हुदाँ धेरै खाने नहुदाँ नखाने अवस्था छ । खानी आनी वानीमा सुधार आएन । आफ्नै उत्पादन भएको अवस्थामा कुपोषण हुने दर निकै तल आँउछ । तर जव खानेपानी र खाद्यन्न अभाव बढ्दै जान्छ बुपोषण हुने संख्या थपिदै जान्छ स्वास्थ्य शाखखा प्रमुख ढुवाडीले बताउनु भयो । सोमवारबाट सञ्चालनमा ल्याएको पोषण सुधार केन्द्रमा दुई वालक चार वालिका गरी छ जना वालवालिकाका पाँच जना आमा रहेकाछन ्। बेनीघाट रोराङ गाँउपालिका वडा नं. २ की सानुकान्छी चेपाङको १७ महिनाकी छोरी समिता, वडा नं. ५ की सिता चेपाङको १५ महिनाको छोरा शुशिल, वडा नं. २ की जालीमाया चेपाङको ३२ महिनाको छोरी रेखा, वडा नं. छ की गिता चेपाङको ३६ महिनाको छोरी कविता र १२ महिनाको छोरी वविता, वडा नं. ६ की सम्झना चेपाङको १२ महिनाको छोरा सक्षमलाई पोषण सुधार केन्द्र चरौदमा राखिएको अहेव रबिन थपलियाले बताउनु भयो । वच्चाको पोषण सुधारका लागि तयारी पोषणयुक्त खाना खुवाउनुका साथै आमाहरुलाई नुहाइधुवाई, नङ काट्ने, घरआँगन सरसफाई गर्ने, करेसावारी, मान्छाको सरसफाइ गर्न सिकाउने र पोषण शिक्षाको ज्ञान दिन अहेव थपलियाले बताउनु भयो ।
पाँच वर्षमूनीकाको संख्या दुई हजार आठ सय रहेको छ । शिघ्र कुपोषण भएका वालवालिका ५० को हाराहारीमा छ । मध्य कुपोषण भएको वालवालिकाको संख्या ७५ को वरिपरि रहेको छ भने सामान्य कुपोषण भएको वालवालिकाको संख्या दुई सय पचासको हाराहारीमा रहेको बेनीघाट रोराङ गाँउपालिका स्वास्थ्य शाखा प्रमुख शंकरबावु ढुवाडीले बताउनु भयो । विद्यमान कुपोषणको अवस्था सुधार गर्न पोषण सुधार केन्द्र सञ्चालनमा ल्याएका हौ । वालवालिका र वाआमा मध्ये एक जनालाई राखेर ६० दिन पोषण युक्त खाना पकाउने र खुवाउने सिकाएर पोषण अवस्था सुधान गर्ने छौ ।अहिले यस गाँउपालिकामा पोषण सुधारमा काम गर्ने संस्थाहरु शान्ति नेपाल, हिमालय हेल्थ केयर, सुआहारा, पोषण सुधार आयोजना र गाँउपालिकाले काम गरिरहेकाछौ । विगत १० वर्षलाई हेर्ने हो भने निकै सुधार भएको देखिन्छ । तर कुपोषित संख्या शून्य बनाउन सकिएको छैन । फागुनदेखि असारसम्म कुपोषणको संख्या बढ्छ । साउनबाट घट्दै गएर अशोज तिर शुन्य हुन्छ । शून्य कायमा गर्न स्वास्थ्य शाखाले मात्र काम गरेर हुदैन । यसका लागि त स्वास्थ्य, शिक्षा, महिला तथा वालवालिका, खानेपानी तथा सरसफाई, कृषि,पशुपंक्षी शाखाहरुको एकिकृत प्रयास हुन आवश्यक छ । साथै गैरसरकार संघसंस्थाहरुको समेत सहभागितामा एकिकृत कार्यक्रम निर्माण गरी संयुक्त रुपमा कार्यान्वयन गरेर मात्र कुपोषण शून्य बनाउन सकिने स्वास्थ्य शाखा प्रमुख ढुवाडीले बताउनु भयो ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस