



















३०५
Shares
![]()



धादिङ। मानव बेचबिखन तथा ओसारपसार कसूरका आरोपित धादिङका ५ जना सहित ७ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको छ ।
विक्रिका लागि धादिङबाट मलेखु हुँदै रुपन्देही जिल्लाको सुनौली नाका हुँदै भारतको पहाडगंजमा पुर्याईएको अवस्थामा १६ वर्षिय नाबालिकाउद्दार सफल भए सँगै प्रहरीले उनीहरुलाई पक्राउ गरि अनुसन्धान गरेको थियो ।
उक्त घटनामा सम्लङ्न रहेको आरोपमा कारागार चलान भएका धादिङका ५ जनामा त्रिपुरासुन्दरी ३ निवासी २१ वर्षियअस्मिता नेपाली, ४४ वर्षिय रुपेन्द्र अधिकारी, ३६ वर्षिय गिता न्यौपाने, र ३९ वर्षिय कल्पना आले मगर, त्रिपुरासुन्दरी १ बस्ने ३९ वर्षिय कोपिल दमै रहेका छन् भने काठमाण्डौं कागेश्वरी मनहरा नगरपालिका ६ बस्ने ३२ वर्षिय कबिता बानियाँ (आचार्य), सोलुखुम्बु नेचासल्यान २ स्थायी घर भई हाल काठमाण्डौंको गंगबु बस्ने ३५ वर्षिइ कमला नेपाली रहेका छन् ।
प्रतिवादीहरुले बालिकालाई भारतको पहाडगंजमा पुर्यालई पुजा गर्दा प्रशस्त पैसाहरु आफैं झर्छ भनी पैसाको प्रलोभनमा पारी बालिकाको शरीरको उचाई, तौल नापी शरिरमा कुनै किसिमको दाग नरहेको फोटो, भिडियो Whats App र Messenger बाट पठाई भारतिय मानव तस्करहरुसंग मिलि उक्त प्रतिवादीहरुले बालिकाको अभिभावकबाट अपहरण गरी मानव बेवबिखनका लागि धादिङको जिल्लाको मलेखु हुँदै रुपन्देही जिल्लाको सुनौली नाका हुँदै भारतको पहाडगंजमा पुर्याईएको अवस्थामा विभिन्न संघ संस्था तथा किङ ईन्डियासंग नेपाल प्रहरी प्रधान कार्यालय मानव बेचबिखन ब्यूरो, बबरमहल, काठमाण्डौं र जिल्ला प्रहरी कार्यालय धादिङको संयुक्त पहलमा भारतबाट पीडितलाई उद्धार गरी ल्याईएको थियो ।










