






१५
Shares
काठमाडौं: सङ्घीय संसद् मातहतका तीन वटा समितिको बैठक आज बस्दैछ। सङ्घीय संसद् सचिवालयका अनुसार विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक फरक–फरक समयमा आयोजना गरिएको छ।



विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्ययोजना तयारीका विषयमा छलफल हुने कार्यसूची रहेको छ।
त्यसैगरी, विधायन व्यवस्थापन समितिको बैठक पनि बिहान ११ बजे बस्नेछ। उक्त बैठकमा अभिमुखीकरण कार्यक्रमसम्बन्धी विषयमा छलफल गरिनेछ।
यस्तै, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक अपराह्न २:३० बजे बस्नेछ। बैठकमा दक्षिणी सीमा क्षेत्रका नागरिकको शान्ति तथा सुरक्षा सम्बन्धी विषयमा छलफल हुने कार्यसूची रहेको सचिवालयले जनाएको छ।






