FLASH NEWS

आज नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदै

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ श्रावण ११, सोमबार (१ घण्टा अघि)
  • २६

    Shares

आज नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदै

काठमाडौं: नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदैछ। नेपालकै पहिलो व्यवस्थित यातायात सुरुङमार्ग मानिएको यस परियोजनाको उद्घाटन पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, नेपालका लागि जापानी राजदूत र जाइकाका उच्च अधिकारीहरूको उपस्थितिमा हुनेछ।

उद्घाटनपछि सुरुङमार्ग केही दिन परीक्षणका रूपमा सञ्चालन गरिनेछ। प्रारम्भमा एम्बुलेन्स, सुरक्षा निकाय र अत्यावश्यक सवारीसाधनलाई मात्र अनुमति दिइनेछ भने परीक्षण अवधिभर कुनै शुल्क लाग्ने छैन। सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाडौं–नागढुङ्गा सडकको जाम कम हुने र यात्राको समय करिब एक घण्टासम्म बचत हुने अपेक्षा गरिएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस