FLASH NEWS

त्रिविको वार्षिकोत्सवमा शिक्षामन्त्री पोखरेलविरुद्ध विद्यार्थीको प्रदर्शन

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ श्रावण ७, बिहिबार (२ महिना अघि)
  • १३२

    Shares

त्रिविको वार्षिकोत्सवमा शिक्षामन्त्री पोखरेलविरुद्ध विद्यार्थीको प्रदर्शन

काठमाडौँ : त्रिभुवन विश्वविद्यालय (त्रिवि) को ६७औँ वार्षिक दिवसका अवसरमा आयोजित विशेष समारोहमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलविरुद्ध विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका छन्।

विश्वविद्यालयका सहकुलपति तथा विश्वविद्यालय सभाका उपाध्यक्षसमेत रहेका मन्त्री पोखरेल कार्यक्रममा सहभागी हुन पुगेका बेला असन्तुष्ट विद्यार्थीहरूले नाराबाजी गर्दै विरोध जनाएका हुन्।

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) खारेज गरिएको भन्दै विद्यार्थीहरूले मन्त्रीविरुद्ध प्रदर्शन गरेका थिए। उनीहरूले ‘मेरिटोक्रेसी लागू गर’ र ‘नेपोबेबी शिक्षामन्त्री’ लेखिएका प्लेकार्डसमेत प्रदर्शन गरेका थिए।

प्रदर्शनका क्रममा विश्वविद्यालय परिसरमा केहीबेर तनावपूर्ण अवस्था सिर्जना भएपछि सुरक्षामा खटिएको प्रहरीले विरोधमा उत्रिएका केही विद्यार्थीलाई नियन्त्रणमा लिएको छ।

मन्त्री पोखरेल त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिकोत्सव तथा विश्वविद्यालय सभाको बैठकमा सहभागी हुन विश्वविद्यालय पुगेका थिए।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस