FLASH NEWS

आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सारिँदै

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ श्रावण ९, शनिबार (२ महिना अघि)
  • १२०

    Shares

आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सारिँदै

प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर–घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा–आराधना आजदेखि सुरु हुँदैछ।

एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिन तुलसीको मोठमा राखिएको दल (बिरुवा) आज तुलसीको मोठमा सार्ने परम्परा छ। सनातन वैदिक परम्पराअनुसार तुलसीलाई भगवान् विष्णुको प्रतीकका रूपमा मानिन्छ।

आजको हरिशयनी एकादशीदेखि कार्तिक शुक्ल एकादशी (हरिबोधिनी एकादशी) सम्म तुलसीको विशेष पूजा–आराधना गरिन्छ। यस अवधिलाई चातुर्मासका रूपमा पनि मनाइन्छ, जसमा भगवान् विष्णु योगनिद्रामा रहने धार्मिक विश्वास छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस