२१८
Shares
काठमाडौँ : नागढुंगा–सिस्ने खोला सुरुङमार्ग सोमबार औपचारिक रूपमा सञ्चालनमा आएको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, नेपालका लागि जापानी राजदूत मायदा तोरु तथा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष तानाका अकिहिकोको उपस्थितिमा सुरुङमार्ग उद्घाटन गरिएको हो।



आयोजनाका निर्देशक सौजन्य नेपालका अनुसार उद्घाटन भएको पहिलो दिन सुरुङमार्ग एम्बुलेन्स, दमकल तथा सुरक्षा निकायका सवारीसाधनका लागि मात्र खुला गरिएको छ। क्रमिक रूपमा अन्य सवारीसाधनलाई पनि सञ्चालन अनुमति दिइने जनाइएको छ।
सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि शुल्क निर्धारण भइसकेको छ। पैदलयात्री, मोटरसाइकल, तीनपांग्रे तथा अन्य नन–मोटोराइज्ड सवारीलाई भने सुरुङमार्ग प्रयोग गर्न अनुमति दिइने छैन। त्यस्तै, डिजेल, पेट्रोल, ग्यासजस्ता अत्यधिक प्रज्वलनशील पदार्थ वा विस्फोटक सामग्री बोकेका सवारीसाधनलाई पनि प्रवेश निषेध गरिएको छ।






