FLASH NEWS

अनधिकृत लिङ्क नखोल्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको आग्रह

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ बैशाख २३, बुधबार (१० घण्टा अघि)
  • ७०

    Shares

अनधिकृत लिङ्क नखोल्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको आग्रह

काठमाडौँ :   नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले विद्युतीय कारोबारसँग सम्बन्धित विभिन्न एप तथा प्रणालीको दुरुपयोग गरी बैंक तथा वित्तीय संस्थाका खाताबाट रकम चोरी हुने घटना बढ्दै गएको भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।

ब्यूरोले जारी गरेको सूचनाअनुसार ‘कनेक्ट आइपिएस’सँग मिल्दोजुल्दो नाम प्रयोग गरी मोबाइल नम्बरमार्फत भ्रामक सन्देश तथा अलर्ट पठाउने गरिएको पाइएको छ। यस्ता सन्देशमार्फत प्रयोगकर्तालाई ‘फिसिङ लिंक’ पठाई व्यक्तिगत विवरण लिने र बैंक खातामा अनधिकृत पहुँच पुर्‍याई ठूलो रकम चोरी गर्ने प्रवृत्ति बढ्दो क्रममा रहेको जनाइएको छ।

ब्यूरोका प्रवक्ता दिलीपकुमार गिरीले यस्ता शंकास्पद वा अनधिकृत लिंक नखोल्न र अत्यन्त सचेत रहन सबैमा आग्रह गर्नुभएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस