FLASH NEWS

 त्रिपुरासुन्दरी गाउँपालिकामा ६० वर्ष पुगेका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको सामूहिक बिदाइ तथा सम्मान

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ अषाढ २४, बुधबार (१ घण्टा अघि)
  • ३३

    Shares

 त्रिपुरासुन्दरी गाउँपालिकामा ६० वर्ष पुगेका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको सामूहिक बिदाइ तथा सम्मान

धादिङ: जनस्वास्थ्य कार्यालय, धादिङको आयोजना तथा त्रिपुरासुन्दरी गाउँपालिकाको समन्वयमा नागरिकताको आधारमा ६० वर्ष पूरा गरेका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको सामूहिक बिदाइ तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेती, जनस्वास्थ्य कार्यालय धादिङका कार्यालय प्रमुख अर्जुन पौडेल, कार्यक्रम फोकल पर्सन पद्मराज कैनी, स्वास्थ्य शाखा प्रमुख यमबहादुर श्रेष्ठलगायतले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले समुदायको स्वास्थ्य सुधारमा पुर्‍याएको उल्लेखनीय योगदानको प्रशंसा गर्नुभएको थियो।

वक्ताहरूले लामो समयदेखि समुदायको स्वास्थ्य प्रवर्द्धन, मातृ तथा शिशु स्वास्थ्य सुधार, स्वास्थ्य सेवाको पहुँच विस्तार तथा स्वास्थ्यसम्बन्धी सन्देश प्रभावकारी रूपमा समुदायसम्म पुर्‍याउन महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले निर्वाह गरेको भूमिका अतुलनीय रहेको उल्लेख गर्नुभयो।

कार्यक्रममा सम्मानित स्वयंसेविकाहरूको नि:स्वार्थ सेवा, समर्पण र समुदायप्रतिको प्रतिबद्धताको उच्च कदर गर्दै उहाँहरूको योगदान सधैं स्मरणीय रहने विश्वास व्यक्त गरिएको थियो। साथै, उहाँहरूको सेवाभावले आगामी पुस्तालाई समेत समाजसेवामा प्रेरित गरिरहने विश्वास व्यक्त गरिएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस