FLASH NEWS

आज पनि यी स्थानमा वर्षाको सम्भावना

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ श्रावण ११, सोमबार (१ घण्टा अघि)
  • २६

    Shares

आज पनि यी स्थानमा वर्षाको सम्भावना

काठमाडौंः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका हिमाली तथा पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा पनि आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ।

देशका पहाडी तथा हिमाली क्षेत्रका धेरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। कर्णाली, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भने भारी वर्षा हुन सक्ने विभागले जनाएको छ।

आज राति पनि देशभर सामान्य बदली रहनेछ। पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस