FLASH NEWS

धुनिवेशीमा बृहत् बहु-विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न, ६४१ जनाले लिए निःशुल्क स्वास्थ्य सेवा

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ अषाढ १४, आईतबार (३ महिना अघि)
  • २३३

    Shares

धुनिवेशीमा बृहत् बहु-विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न, ६४१ जनाले लिए निःशुल्क स्वास्थ्य सेवा

धादिङको धुनिवेशी नगरपालिका र स्वास्थ्य सहयोग नेपाल गुठीको संयुक्त आयोजनामा नौबिसे स्वास्थ्य चौकीमा आयोजित बृहत् बहु-विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ।

शनिबार आयोजित शिविरमा ६ सय ४१ जनाले निःशुल्क स्वास्थ्य सेवा लिएको नौबिसे स्वास्थ्य चौकीकी प्रमुख गीता भट्टले टोलटोलको खबर लाइ जानकारी दिनु भयो।

शिविरमा बालरोग, हाडजोर्नी, स्त्रीरोग, छाला रोग तथा अन्य विभिन्न स्वास्थ्य समस्याबाट पीडित सेवाग्राहीलाई विशेषज्ञ चिकित्सकमार्फत परामर्श, परीक्षण र आवश्यक उपचार सेवा प्रदान गरिएको थियो।

स्वास्थ्य चौकी सञ्चालन समितिका सदस्य प्रमोद पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धुनिवेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्य, उपप्रमुख सुरज उप्रेती, प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार खनाल, स्वास्थ्य सहयोग नेपाल गुठीका पदाधिकारी, नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख धुर्व अधिकारी, हेमन्त सुवेदीलगायतको उपस्थिति रहेको थियो।

शिविरले स्थानीय नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा आफ्नै क्षेत्रमा उपलब्ध गराई उपचारमा सहज पहुँच पुर्‍याएको सहभागीहरूले बताएका छन्।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस