FLASH NEWS

क्रिस्टल क्वार्ट्जसहित धादिङमा एक जना पक्राउ

  • टोलटोलको खबर
  • मुख्य समाचार
  • प्रकाशित मिति:
  • २०८२ मंसिर ९, मंगलबार (४ महिना अघि)
  • २६१

    Shares

क्रिस्टल क्वार्ट्जसहित धादिङमा एक जना पक्राउ

धादिङ  जिल्ला प्रहरी कार्यालय धादिङको टोलीले अवैध रूपमा ढुंगा (Crystal Quartz) लिएर ल्याउँदै गरेका एक जनालाई पक्राउ गरेकाे छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी प्रकाश दहालका अनुसार आइतबार बिहान करिब ९:०० बजे धादिङ नेत्रावती डबजोङ गाउँपालिका–१, टोके गाउँस्थित बजार नजिकैबाट रुकुम पश्चिम आठबिसकोट नगरपालिका–१ का ३६ वर्षीय कमल तामाङलाई पक्राउ गरिएको हो। उनी चालक सिटमा बस्ने निजी सवारी साधनमा खनिजजन्य ढुंगाजस्ता पदार्थ बोकेर ल्याइरहेको सूचनाका आधारमा प्रहरी गस्ती टोलीले चेकजाँच गर्दा क्रिस्टल क्वार्ट्ज फेला परेको हो।

ढुंगा बोकेर ल्याउन कारण सोध्दा तामाङले आफूले क्रिस्टल क्वार्ट्ज जस्तो देखिने पदार्थ फेला पारी बेच्न गोइरहेको बयान प्रहरीसमक्ष दिएका छन्। अनुसन्धानका क्रममा उक्त पदार्थ अवैध रूपमा उत्खनन गरी ल्याएको खुलेपछि उनलाई पक्राउ गरी जिल्ला वन कार्यालय धादिङमा पठाइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका तामाङसँगबाट बरामद गरिएको क्रिस्टल क्वार्ट्जको तस्बिरसहितको विवरण जिल्ला प्रहरी कार्यालय धादिङले सार्वजनिक गरेको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस