FLASH NEWS

गजल 

  • टोलटोलको खबर
  • कला/साहित्य
  • प्रकाशित मिति:
  • २०८१ श्रावण १, मंगलबार (१ साल अघि)
  • ९५०

    Shares

गजल 

१ साउन ,२०८१

मनमा अरु राखेर तिमीलाई

फाल्न सकिरहेकी छैन

के गरौँ आफैले आफैलाई

सम्हाल्न सकिरहेकी छै।।

कति सजिलै भन्छौ है ,

कोही अर्कै छ जिन्दगीमा

खोइ किन पो तिम्रो मन

पगाल्न सकिरहेकी छै।।

ए निष्ठुरी , कठोर बन्न

मलाई पनि सिकाइदेउन

कोसिस गरेपनि रमाउन

थाल्न सकिरहेकी छैन।।

निराश किन छौ भनी

आफन्तहरू सोधिरहन्छन्

कारण दिने कुनै शब्द

निकाल्न सकिरहेकी छैन ।।

हेर्दा देखिँदो हो हल्का

प्रगति भएजस्तो त मेरो

आफ्नो कमाइले आमा ~ बा

पाल्न सकिरहेकी छैन।।

 सनिता चेपाङ 

बेनिघाट रोराङ -९ धादिङ

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस