FLASH NEWS

धादिङमा आज थप ३८ जनामा डेँगु संक्रमण पुष्टि

  • टोलटोलको खबर
  • शिक्षा
  • प्रकाशित मिति:
  • २०८० भाद्र १०, आईतबार (२ साल अघि)
  • ५९१

    Shares

धादिङमा आज थप ३८ जनामा डेँगु संक्रमण पुष्टि

१०भाद्र,धादिङ।      धादिङमा आज थप ३८ जनामा डेँगु संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि हुनेहरुमा नीलकण्ठमा ३५ जना , गजुरीमा १ जना ,रुविभ्यालीमा १ जना र त्रिपुरासुन्दरीमा १ जना गरी ३८ जनामा डेंगु पोजेटिभ देखिएको स्वास्थ्य कार्यलय धादिङले जनाएको छ ।

जसमध्ये १५ जना पुरुष २३ जना महिला रहेका छन् । यो सँगै जिल्लामा संक्रमित हुनेको संख्या २ हजार ३ सय ६ जना पुगेको छ । जसमध्ये ११३१ जना पुरुष र ११७५ जना महिला रहेको स्वास्थ्य कार्यलय धादिङले जनाएको छ । डेंगु संक्रमण जोखिमको मौसम सुरु भएसँगै स्वास्थ्य कार्यलय धादिङ र ,स्थानीय तहहरुले सुरक्षित रहन आग्रह गर्दै आएका छन् ।
त्यस्तै पछिल्लो समय डेंगुको संक्रमण बढ्दै जान थालेपछि स्थानीय तहरुले लामखुट्टेको वासस्थानको खोजी गरेर नष्ट गर्ने कार्यक्रम समेत गरिरहेका छन्

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस