FLASH NEWS

सांसद शर्मा भन्छन सरकारले आतंककारी समूहको नेतृत्व गरिरहेको छ

  • टोलटोलको खबर
  • राजनीति
  • प्रकाशित मिति:
  • २०८० श्रावण २९, सोमबार (३ साल अघि)
  • ४१७

    Shares

सांसद शर्मा  भन्छन सरकारले आतंककारी समूहको नेतृत्व गरिरहेको छ

२९ साउन २०८०।      आज नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले वर्तमान सरकारले आतंककारी समूहको नेतृत्व गरिरहेको आरोप लगाएका छन्।

सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद शर्माले सुन तस्करीको नाइकेको राजीनामा माग्दा आफूलाई गिरफ्तारी गरिएको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीले आतंककारी समूहको नेतृत्व गरिरहेको बताउनु भएको हो ।

उनले भने, ‘प्रजातान्त्रिक सिस्टममा बोल्न पाइँदैन भने,पक्राउ पुर्जीबिनै पक्राउ परिन्छ भने जनताको अवस्था कस्तो होला? त्यसैले मलाई बोलेकै भरमा आतंककारी जसरी पक्राउ गर्ने गृहमन्त्रीले राजिनामा दिनुपर्छ’,उहाले भन्नु भयो ।

उहाले आफूले सुन तस्करीको नाइके पक्राउ गर्न माग गर्दा आफैँलाई पक्राउ गरिएको बताउनु भएको हो ।

 

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस