FLASH NEWS

आजदेखि हुने कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाइ देउवाले उद्घाटन गर्ने

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ श्रावण २९, शुक्रबार (१ महिना अघि)
  • १०७

    Shares

आजदेखि हुने कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाइ  देउवाले उद्घाटन गर्ने

काठमाडौं :  नेपाली कांग्रेस इतर समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा सुरु हुँदैछ।

भेलाको उद्घाटन बिहान साढे ११ बजे नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले गर्ने प्रचारप्रसार समिति संयोजक मीन विश्वकर्माले जानकारी दिएका छन्। भेला साउन ३१ गतेसम्म सञ्चालन हुनेछ।

भेलाको संयोजन कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले गरेका छन्। भेलामा पार्टीभित्रको समसामयिक राजनीतिक अवस्था, संगठन तथा आगामी रणनीतिका विषयमा छलफल हुने बताइएको छ।

सर्वोच्च अदालतले हालै कांग्रेसको नेतृत्व र आधिकारिकतासम्बन्धी विवादमा पुनरवलोकनका लागि अनुमति दिएपछि इतर समूह थप उत्साहित बनेको नेताहरूको भनाइ छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस