FLASH NEWS

बैशाख १३ गते ओलीमाथि भएको घटनाप्रति एमाले धादिङको घोर भर्त्सना 

  • टोलटोलको खबर
  • राजनीति
  • प्रकाशित मिति:
  • २०८० बैशाख १५, शुक्रबार (३ साल अघि)
  • ८६६

    Shares

बैशाख १३ गते ओलीमाथि भएको घटनाप्रति एमाले धादिङको घोर भर्त्सना 

नेपाल कम्युनिष्ट पार्टी एमाले धादिङले २०८० बैशाख १३गते पार्टीको कामका सिलसिलामा झापाको बुधवारे जाने क्रममा पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीमाथि भएको घटनाप्रति प्रेस विज्ञप्ती  निकालेको छ।
जिल्ला अध्यक्ष भुमी त्रिपाठीको हस्ताक्षर भएको विज्ञप्तीमा पहिचानको आन्दोलनको नाममा भएको उदण्ड र अराजक समुहले ढुङ्गामुढा सहितको आक्रमण गरेको घटनाप्रति हामी गम्भीर छौं, उक्त असहिष्णु र अप्रजातान्त्रिक कार्यको घोर भर्त्सना गर्दछौं ।
कोशी प्रदेशको नामाकरण संवैधानिक प्रकृयाबाट भएको हो । सत्ताको बागडोर सम्हालेर बसेका जिम्मेवार प्रतिनिधिहरुले यस्तो संवेदनशील विषयमा कट्मेरो व्यवहार देखाइ भीडलाई अराजक र उत्सृङ्गखल बनाउनु दुखद विषय हो ।
हाम्रो पार्टीका श्रदेय अध्यक्ष माथिको आक्रमण हाम्रो पार्टी र सिङ्गो लोकतन्त्र माथिको आक्रमण हो भन्ने हामीले महसुस गरेका छौं । यो निन्दनीय घटनामा संलग्न व्यक्तिहरुलाई तत्काल कार्वाहीको माग गर्दै यस्ता अराजक घटनाहरु पुनः नदोहोरिने वातावरण सिर्जना गर्न सरकारसंग जोडदार माग गर्दछौं भनिएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस