FLASH NEWS

धादिङमा किशोरकिशोरीलाई यौन तथा प्रजनन स्वास्थ्यबारे अभिमुखीकरण

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ अषाढ ३, बुधबार (२ घण्टा अघि)
  • ३५

    Shares

धादिङमा किशोरकिशोरीलाई यौन तथा प्रजनन स्वास्थ्यबारे अभिमुखीकरण

धादिङ:  किशोरकिशोरीहरूमा यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी ज्ञान र सीप अभिवृद्धि गर्ने उद्देश्यले जनस्वास्थ्य कार्यालय धादिङको आयोजनामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमअन्तर्गत जिल्लाका ११ वटा गाउँपालिकाबाट प्रत्येक पालिकाबाट एक–एक विद्यालय छनोट गरी सहभागिता गराइएको थियो। छनोट भएका विद्यालयका कक्षा ७ र ८ मा अध्ययनरत दुई जना विद्यार्थी (एक छात्र र एक छात्रा) कार्यक्रममा सहभागी भएका थिए।

जनस्वास्थ्य कार्यालय धादिङमा आयोजित अभिमुखीकरण कार्यक्रममा किशोरावस्थामा हुने शारीरिक, मानसिक तथा भावनात्मक परिवर्तन, यौन तथा प्रजनन स्वास्थ्य, व्यक्तिगत सरसफाइ, लैङ्गिक समानता तथा स्वस्थ जीवनशैली सम्बन्धी विषयमा जानकारी प्रदान गरिएको थियो।

कार्यक्रमले किशोरकिशोरीहरूमा यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी प्रवाह गरी सकारात्मक व्यवहार विकास गर्न सहयोग पुग्ने विश्वास आयोजकले व्यक्त गरेका छन्। सहभागी विद्यार्थीहरूले कार्यक्रमबाट प्राप्त ज्ञान र सीप विद्यालय तथा समुदायस्तरमा समेत साझा गर्ने प्रतिबद्धता जनाएका छन्।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस