FLASH NEWS

विश्व सुर्तीजन्य पदार्थरहित दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइँदै

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ जेष्ठ १७, आईतबार (१ घण्टा अघि)
  • २४

    Shares

विश्व सुर्तीजन्य पदार्थरहित दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौंः आज “विश्व सुर्तीजन्य पदार्थरहित दिवस” दिवस विश्वका विभिन्न देशमा जनचेतनामूलक कार्यक्रमका साथ मनाइँदै छ।

हरेक वर्ष मे ३१ मा मनाइने यस दिवसको उद्देश्य सुर्तीजन्य पदार्थको सेवनबाट हुने स्वास्थ्य जोखिम, सुर्ती उद्योगका व्यावसायिक रणनीति, सुर्ती नियन्त्रणका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले गरिरहेका प्रयास तथा स्वस्थ जीवनशैली र भावी पुस्ताको संरक्षणका लागि आवश्यक उपायबारे जनचेतना फैलाउनु हो।

डब्लुएचओका सदस्य राष्ट्रहरूले सन् १९८७ मा सुर्तीजन्य पदार्थको महामारी तथा यसबाट हुने रोक्न सकिने मृत्यु र रोगप्रति विश्वव्यापी ध्यानाकर्षण गराउन यो दिवसको सुरुआत गरेका हुन्।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस